Comments Add Comment

सुरु भयो कमेडी च्याम्पियन सिजन २ को डिजिटल अडिसन

काठमाडौं– कोरोना कहरका कारण देशमा जारी गरिएको लकडाउनले गर्दा रोकिएको ‘कमेडी च्याम्पियन सिजन २’ को डिजिटल अडिसन सुरु हुने भएको छ । च्याम्पियनको डिजिटल अडिसन अडिसन भोलिबाट सुरु हुने भन्दै च्याम्पियन निर्माता बिशाल भण्डारीले इच्छुकलाई सहभागिता जनाउन आग्रह गरेका छन् । उनले भने, ‘कमेडी च्याम्पियन सिजन –२ को डिजिटल अडिसनमा भाग लिन चहाने प्रतियोगीले कमेडी च्याम्पियनको ‘एप’मा गएर ४ मिनेट ५९ सेकेन्ड सम्मको भिडियो अप्लोड गर्न सक्नुहुन्छ ।’

कमेडी च्याम्पियनको दोस्रो सिजनमा चुनौती र प्रेसर दुबै रहेको निर्माता भण्डारीले बताएका छन् । उनी भन्छन्–‘कमेडी च्याम्पियन पनि हुन्छ छ र ? भन्ने अवस्थामा हामीले कार्यक्रम सुरु गरेका हौँ । दर्शकको विश्वासले गर्दा हाम्रो शो नम्बर वान शो भयो । च्याम्पियनको दोस्रो सिजनालाई पनि नम्बर वान नै बनाईरहनका निम्ती निक्कै चुनौती छ । त्यहि चुनौतीलाई आत्मसाथ गरेर दोस्रो सिजनको डिजिटल अडिसन सुरु गर्दै छौँ ।’

कमेडी च्याम्पियनको दोस्रो सिजनमा पनि अघिल्लै श्रृखलाका निर्णायकहरुनै निर्णायकको भूमिकामा रहने छन् । अघिल्लो सिजनमा कलाकार मनोज गजुरेल, सन्तोष पन्त, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायकको भूमिकामा रहेका थिए । च्याम्पियनको पहिलो सिजनको शिर्ष उपाधि हिमेश पन्तले जितेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर