Comments Add Comment

श्री गणेशाय नमो नमः हेर्नुहोस कस्तो रहने छ तपाइको आजको दिन

आजको पञ्चाङ्ग

बि.सं. २०७७ भदौ १६ गते सोमवार । इ.सं. 1 September 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० ञलाथ्व । प्रमादीदक्षिणायनवर्षा ऋृतुभाद्र शुक्लपक्षतिथि चतुर्दशी , ०८:५३ बजे उप्रान्त पूर्णिमा। नक्षत्र धनिष्ठा , १६:५९ बजे उप्रान्त शतभिषा योग
अतिगण्ड , १४:३३ बजे उप्रान्त सुकर्मा
करण वणिज ०८:५३ बजेदेखि भद्रा , २१:१२ बजे उप्रान्त कौलव चन्द्रराशि कुम्भ । आनन्दादी योग उत्पात। दिनमान ३१ घडी ३९ पला । सूर्योदय ०५:४३ बजे । सूर्यास्त बेलुका १८:२३

पञ्चक। अनन्तचतुर्दशी व्रत। पूर्णिमा व्रत। कुमारी इन्द्रजात्रा। स्वाँछाय्। लड्कु ढँडार मष्टोपूजा। कृष्ण प्रणामी– सदगुरु श्री देवचन्द्र महाराजको धामगमन।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । मंगल कार्यको योगछ । चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सन्तान सुख मिल्नेछ । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वाणीमा लगाम लगाउनु पर्ला, नत्र झुटोबोल्न बाध्य भईनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । छटपटी बढ्नाले मन कमजोर रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । व्यापारमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दैनिक कार्यमा प्रगती हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धुम्रपान र मद्यपानबाट टाडै रहनु होला । गरेको कार्यमा बाधा आउनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज स्वादिष्ट भोजन पाईनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्ला। कुटुम्बको सहयोगपनि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ, साथै नयाँ कर्यको योजनले गति पाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज विशिष्टव्यक्तिको सहयोग पाईनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला । पार्टनसीपको कार्यमा सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर