Coronavirus COVID-19

पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् , २०७७ जेठ ०७ गते को राशिफल

आजको पञ्चाङ्ग

बि.सं. २०७७ जेठ ०७ गते मंबुधवार ।  इ.सं. 20 May 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० बछलाथ्वप्रमादीउत्तरायण ग्रीष्म ऋृतु । ज्येष्ठ कृष्णपक्ष । तिथि त्रयोदशी , १९:५८ बजे उप्रान्त चतुर्दशी । नक्षत्र अश्विनी , २३:१२ बजे उप्रान्त भरणी । योग आयुष्मान् , ०६:१९ बजे उप्रान्त सौभाग्य । करण गर ०७:०१ बजेदेखि वणिज , १९:५८ बजे उप्रान्त गर । चन्द्रराशि मेष  । आनन्दादी योग मृत्यु । दिनमान ३३ घडी ५३ पला । सूर्योदय ०५: १४ बजे । सूर्यास्त १८: ४८ बजे ।

प्रदोष व्रत। सायन सूर्य मिथुनमा १४:५७ बजे प्रवेश।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।     

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज तपाईको सामान हराउन सक्छ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।         

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । अधुरो काम विस्तारै अघि बढ्नेछ ।       

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।     

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ ।  

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । नयाँ कमको थालनी हुनेछ । नजिकैको धार्मिक यात्रा रहला ।            

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मुल्याङ्न हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध बढी सुखद् रहन सक्छ ।   

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइनेछ । बोलीको प्रभावपनि बढ्नेछ ।  

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । मन खिन्न हुने स्थिति आउनसक्छ ।        

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ ।            

मीन (दि, दु, , , , दे, दो, चा, चि)

साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । महिला वर्गबाट विशेष सहयोग मिल्नसक्छ ।   ज्यो.प. नारायण प्रसाद दुलाल

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...