काठमाडौं – मुलुककाे  केही स्थानमा आज हावाहुरीसहित वर्षा हुने भएको छ ।

पहाडी भेगका केही ठाउँमा बुधबार हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी, मध्य र पश्चिमी भेगमा सामान्य बादल लाग्ने तथा पानी पर्ने संभावना छ ।