यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

नेपालको पर्यटन क्षेत्रमा सहकार्य गर्न इजरायल सकारात्मक


नेपालको पर्यटन क्षेत्रमा सहकार्य गर्न इजरायल सकारात्मक देखिएको छ । इजरायलका लागि नेपाली राजदूत डा। अन्जान शाक्यसँगको भेटमा त्यहाँका पर्यटनमन्त्री असफ ज़मिरले नेपालको पर्यटन क्षेत्रमा सहकार्य गर्न इजरायल सकारात्मक रहेको धारणा राखेका हुन् । इजरायलस्थित नेपाली दूतावासमा भएको भेटमा राजदूत शाक्यले ईजरायलको हस्पिटालिटी क्षेत्रमा नेपाली विद्यार्थी तथा श्रमिकहरु ल्याउन मन्त्रीसमक्ष प्रस्ताव समेत राखेको दूतावासले जनाएको छ ।

Advertisement
भेटमा राजदूत शाक्यले नेपाल(ईजरायलबीच सीधा हवाई सेवा शुरु गर्ने विषयमा समेत पहलकदमी लिइदिन मन्त्रीलाई आग्रह गरेको दूतावासले जनाएको छ ।
मन्त्री ज़मिरले यस विषयमा सक्दो सहयोग गर्ने जनाएको राजदूत शाक्यले बताइन् । भेटमा नेपालका लागि नवनियुक्त ईजरायली राजदूत हनन् गोडेर गोल्डबेर्गेर र इजरायलको बीरशेबा शहरका लागि नेपालका अवैतनिक वाणिज्यदूत इलान निर लगायतको उपस्थिति रहेको थियो ।