यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

कस्तो रहला आजको मौसम ?


काठमाडौं – पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली भएको छ ।

Advertisement
हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी बागमती र प्रदेश नं. १ का पहाडी भुभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा छ ।
प्रदेश २ र काठमाडौं उपत्यकामा आज बादल लागे पनि पानी पर्ने सम्भावना कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकामा लागेको बादल साँझपखबाट हट्ने छ । उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
तराईका केही भागमा बिहानपख हुस्सुरकुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।