हेटौंडाको हुप्रचौरमा जारी हेटौंडा मेयर कप फुटबल प्रतियोगितामा आजबाट क्वाटर फाईनका खेलहरु सुरु हुने भएको छ । बुधबार सम्पन्न खेलमा वडा नंबर १० र १८ विजयी भई क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा वडा नंबर १० ले वडा नंबर ४ लाई २–० गोल अन्तरले पराजित गरेको छ । वडा नंबर १० लाई जित दिलाउन मजन लामाले ६ औं मिनेटमा एक गोल गरे साथै सुर्यामान लामाले खेलको अन्तिम एक मिनेटमा अर्को एक गोल थपेका हुन् । खेलको म्यान अफ द म्याच वडा नंबर १० का मजन लामा घोषित भए ।

यस्तै, दोस्रो खेलमा वडा नंबर १८ ले वडा नंबर १५ लाई २–१ गोल अन्तरले पराजित गरेको छ । वडा नंबर १८ का तर्फबाट कृष्ण बहादुर गुरागाईले खेलको १३ औं मिनेटमा र अर्को एक आत्माघाती गोल भएको थियो । त्यस्तै १५ नम्बर वडाको तर्फबाट ऋषिराम मोक्तानले जवाफ स्वरुप दोस्रो हाफको ८ औ मिनेटमा एक गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच वडा १८ का अनिष रोक्का घोषित भए ।