मकवानपुरको हेटौंडा– १०  स्थित वनविज्ञान संस्थानको खेल मैदानमा आजबाट सुरु भएको स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबलको पहिलो उद्घाटन खेलमा हेटौंडामा रिगल हेटौंडा रिर्सोट मकवानपुर–११ विजयी भएको छ । मकवानपुर–११ ले नव जनजागृति युवा क्लब सिमराललाई ४–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । जितको लागि मकवानपुर–११ बाट विमल राणाले व्यक्तिगत २ गोल गरेका थिए भने रञ्जन विष्ट र अमिर श्रेष्ठले सम्मान १ / १ गोल गरेका थिए । नव जनजागृति युवा क्लब सिमराका लागि मोहित गुरुङले सान्त्वना एक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच मकवानपुर–११ का विमल राणा भएका छन् । भोलि फागुन–२८ गते त्रिभुवन आर्मी र जावलाखेल युथ क्लव काठमाण्डौं बिच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन धुर्मुस फाउडेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले गरेका थिए । उद्घाटन कार्यक्रममा विशेष अतिथि हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत र अन्य अतिथिहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा एउटा विदेशी क्लब सहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा तीन वटा विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल नेपाल सहित मच्छिन्द्र क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब रहेका छन् । यस्तै प्रतियोगितमा बागमती युवा क्लब सर्लाही र विदेशी क्लबको रुपमा अफ्रिकन रुट्स एसेसिएसन (अरास) क्यामरुनको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद २५ हजार एवम् हरेक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छ । खेलभरिमा सर्वाेत्कृष्ट खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजमेन्टको प्रायोजनमा एउटा बुलेट बाईक प्राप्त
गर्ने छन् ।