काठमाडौं– बलिउड अभिनेत्री तथा लेखक मनीषा कोइरालाले महाशिवरात्रीको अवसरमा ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक गरेकी छन् ।

गीतमा मनिषासँगै सुर–सुधाका सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको स्वर छ । परम्परागत शब्दमा तयार गरिएको महामृत्युञ्जयमा संस्कृत शब्द छन् ।

गीतमा सुरेन्द्र श्रेष्ठको संगीत छ । वाद्यवादनमा राजीव श्रेष्ठको सितार, प्रेम रानाको बाँसुरी र विकास सिंहको गितार छ । गायिका मनीषाले मन्त्र मानिस अस्वाभाविक मृत्युबाट बच्न र राम्रो स्वास्थ्यको लागि तयार गरिएको बताइन् ।

टाइम्स म्युजिक स्प्रीचुअल युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियो निर्देशन र सम्पादन अनुप सापकोटाले गरेका छन्। भिडियोमा उज्ज्वल जोशी र जावेद खानको छायांकन छ ।

भिडियो पशुपतिनाथ र पाटन दरबार क्षेत्रमा छायांकन गरिएको छ । गीतका रेकर्डिष्ट दीप तुलाधर हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू