Comments Add Comment

दुरुस्तै कपिल देव देखिए रणवीर

बलिउडका एनरजेटिक र ट्यालेन्टेड एक्टर रणवीर सिंहको शनिबार (आज) बर्डथे हो । उनले आफ्नो बर्थडेको विशेष अवसरमा आफ्नो नयाँ फिल्म ‘८३’ को पहिलो पोस्टर साझेदार गरेका छन् । पोस्टरमा उनलाई हुबहु क्रिकेटर कपिल देव देखिएको छ । फिल्ममा उनी कपिलको भूमिकामा छन् । प्रशंसकलाई उनको लुक्स निकै मन परेको छ भने निकै तारिफ पनि गरेका छन् ।फिल्मको पोस्टरमा रणवीरले सोतो जर्सी लगाएका छन् र हातमा बल छ । फर्स्टलुक साझेदार गर्दै उनले लेखेका छन्, ‘मेरो विशेष दिनमा प्रेजेन्ट गर्दछु हरियाणाका तूफान कपिल देव ।’ यो फिल्म वर्ष १९८३ मा भएको वर्ल्ड कपमा आधारित छ । रणवीर अहिले फिल्म ‘८३’ को छायांकनका लागि लण्डनमा छन् । फिल्ममा उनको श्रीमतीको भूमिकामा रियल श्रीमती दीपिका पादुकोण छिन् ।लण्डनमा छायांकनमा जानुअघि रणवीर दिल्लीमा कपिल देवको घर पुगेर १० दिन बसेका थिए, जसबाट उनी कपिल देवको बारेमा अरु कुरा थाहा पाउन सकुँन् । यो फिल्ममा कपिल देवको जर्नीको बारेमा बताइनेछ, जसले सन् १९८३ मा लण्डनमा भारतलाई वर्ल्ड कप जिताएका थिए । यो फिल्मलाई कबीर खानले निर्देशन गर्दैछन् । फिल्ममा पंकज त्रिपाठीको पनि अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर