Menu

खुल्ला फुटसलको ट्रफी विजय युथको कब्जामा

हेटौंडा जेसिजको आयोजनामा भएको खुल्ला फुटसल प्रतियोगिताको उपाधि विजय यूथ क्लवले कब्जा गरेको छ । शनिबार कमलडाडाँमा रहेको फुटसल ग्राउण्डमा भएको खेलमा एफसी ईन्टरनेट सिटीलाई ६–० गोल अन्तरले हराउँदै उपाधि माथि कब्जा जमाएको हो । सेमीफाइनलमा विजय यूथले एफसी मल्टिभिजनलाई र ईन्टरनेट सिटीले हेटौंडा फुटबल एकेडेमीलाई हराउँदै फाइनल भिडन्त पक्का गरेका थिए । विजय यूथलाई उपाधि जिताउने क्रममा कप्तान सुदिप राजबाहकले ह्याट्रिक गर्दा अनिष श्रेष्ठ, अभय राना, अरुज सिंहले समान एक/एक गोल गरेका थिए ।

विजय युथ विजय भएसँगै नगद ५० हजार रुपैयाँ ट्रफी,मेडल हात पारेको छ । उपविजेता बनेकोको ईन्टरनेटले २५ हजारमैे चित्त बुझाउन बाध्य भएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजय यूथका गोलरक्षक अनिल श्रेष्ठ घोषित भए । उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad