अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीको टी–२० वरियतामा नेपाल ११ औं स्थानमा यथावत रहेको छ ।  आइसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ रेटिङसहित दुई हजार आठ सय १८ अंक पाएको छ ।


नेपाल एसोसिएट राष्ट्र मध्येको वरियतामा भने शीर्ष स्थानमा रहेको छ । नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् । टी–२० को वरियतामा पाकिस्तान शीर्ष स्थानमा छ भने इङ्गल्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, भारत चौथो तथा अष्ट्रेलिया पाँचौं स्थानमा रहेको छ ।


एकदिवसीय वरियतामा भने नेपाल १६ औं स्थानमा रहेको छ । इङ्गल्याण्ड शीर्ष स्थानमा छ भने, भारत दोस्रो, न्यूजिल्याण्ड तेस्रो, अष्ट्रेलिया चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा रहेको छ ।