मकवानपुर गोल्डकपको उपाधि मनाङले जित्यो

पाँचौ सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको उपाधि मनाङ मस्र्याङदी क्लवले जितेको छ । शनिबार हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा भएको फाईनल खेलमा हिमालयन शेर्पा क्लवलाई १–० गोलले पराजित गर्दै मनाङले उपाधि उचालेको हो ।

प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफको ७७ औं मिनेटमा मनाङका रोशन राना मगरले गरेको गोल नै जितको लागि निर्णायक गोल बन्यो । हिमालयन शेर्पाले केही अवसर पाएपनि गोल गर्न भने चुकेको थियो । उपाधि उचालेसँगै मनाङले नगद १५ लाख रुपैयाँ प्राप्त गरेका छन् भने उपविजेता बन्दै हिमालयन शृर्पाले नगद १० लाख प्राप्त गरेका छन् ।

खेलको म्यान अफ द म्याच गोलकर्ता रोशन राना मगर नै घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । प्रतियोगिताभरि उत्कृष्ट खेलाडी मनाङका गोल रक्षक दीप कार्की घोषित भए । उनले बुलेट बाईक पाएका छन् । बाईक हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको थियो ।

अनलाइनपत्र संवाददाता

Next Post

भाषा सुधारकाे लागि विद्यालयको तल्लाे तहबाटै ध्यान दिनुपर्छ – जिसस प्रमुख घलान

Fri Feb 24 , 2023
विद्यालय स्तरमा बालबालिकाको भाषा सुधारको लागि तल्लो (ईसिडी) तहबाटै सुधार गर्न जोड दिनुपर्ने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले बताउनुभयो । बिहिबार जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा विद्यालय स्तरमा भाषा सुधार प्रशिक्षण तथा छलफल एक दिवसीय कार्यक्रममा प्रमुख घलानले उक्त कुरा बताउनु भएको हो । अहिले राज्यका तीनै तहका […]

सम्बन्धित खबर