हेटौंडामा जारी पाचौँ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकप प्रतियोगितामा उपाधिको लागि हिमालयन शेर्पा क्लब र मनाङ मर्स्याङदी क्लबसँग भिड्ने भएको छ । सोमबार हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको अन्तिम सेमिफाईनल खेलमा विदेशी क्लब एभिनियर एफसी क्यामरुनलाई १–० गोल अन्तरले पराजित गर्दै हिमालयन फाइनलमा प्रवेश गरेको हो ।
हिमालयनका लागि सुनिल श्रेष्ठले दोस्रो हाफको ७ औँ मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो । खेलमा हिमालयनका श्रेष्ठ म्यान आफ दि म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । यसअघि मनाङ मर्स्याङदी क्लब फाईनल प्रवेश गरिसकेको छ । मनाङले विभागीय टोली नेपाल एपिएफ क्लवलाई ट्राईब्रेकर मार्फत पराजित गर्दै फाईनल प्रवेश गरेको थियो । अब अन्तिम खेल फागुन १० गते दिउँसो १ बजे सुरु हुने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ ।