मकवानपुरको मनहरी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ । मनहरी–४ बसोबास गर्ने ६४ वर्षीया राधा अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो । सोमबार बिहान घरको करेसाबारीमा काम गर्दैगर्दा जंगली हात्तीले आक्रमण गरेको थियो । उनलाई हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार लागि ल्याइएकोमा थप उपचारको लागि चितवनको नयाँ मेडिकल कलेज रिफर गरिएको थियो । उनको उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।