चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति

अनलाइन पत्र संवाददाता२०७६-०६-०५ No Comments

चितवन मेडिकल कलेज (सीएमसी) र आन्दोलनरत विद्यार्थीबीच शुल्क विवादका विषयमा सहमति भएको छ ।

सरकारले तोकेको भन्दा बढी शुल्क ३० दिनभित्र फिर्ता वा समायोजन गर्न सीएमसी सहमत भएसँगै तीन हप्तादेखि जारी विद्यार्थीहरुको आन्दोलन पनि फिर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा शनिबार भएको त्रिपक्षीय वार्तामा विभिन्न बुँदामा सहमति जुटेको हो । आन्दोलनरत विद्यार्थी, सीएमसी र विद्यार्थीका प्रतिनिधिबीच भएको वार्तामा शुल्कसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको छ ।

कार्यदलमा जिल्ला प्रशासन कार्यालय र शिक्षा कार्यालयका एक–एक जना प्रतिनिधि, चितवन मेडिकल कलेजका दुई जना प्रतिनिधि, आन्दोलनरत विद्यार्थीका दुई जना प्रतिनिधि र अभिभावकको तर्फबाट एक जना प्रतिनिधि रहनेछन् ।

कार्यदलले थप शुल्क लिए नलिएको अध्ययन गरेर असोज १० गतेभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाउने छ । प्रतिवेदनअनुसार थप कदम चाल्ने सहमति भएको चितवन मेडिकल कलेजका प्रमुख सञ्चालक हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।

Chat Icon
Ad
Ad