मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा संघको उद्योग तर्फको उपाध्यक्षमा प्रमोद सिंह रानाभाट विजयी भएका छन् । कुल ७५३ मत खसेकोमा उनले ३७० मत ल्याई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रतिमा श्रेष्ठले ३१९ मत प्राप्त गरेकी छन् । सदस्यहरुमा रुपकराज दाहाल, श्रीकृष्ण कर्माचार्य, सन्तोषकुमार अर्याल र नरेन्द्र भण्डारी विजयी भएका छन् ।