हेटौंडामा प्रहरीले चोरी गर्दै गरेको अवस्थामा तीन बालकसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–५ की ३४ वर्षीया एमुना लामा, हेटौंडा–५ कै १२,१३ र १४ वर्षीय तीन बालकहरु रहेका छन् ।

शुक्रबार राती हेटौंडा –५ को राधाकृष्ण मन्दिर पछाडीको सलमान खानको घरमा चोरी गर्दैै गरेको अवस्थामा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मोबाईल चोरी गरेर,दराज खोल्दै गरेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।