साफ यू–२० च्याम्पियनसिप अन्तर्गत नेपालले आज तेस्रो खेल भारतसँग खेल्दैछ । भारतको कालिंगा स्टेडियममा नेपाल र भारतबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछ । मुख्य प्रशिक्षक मेघराज केसीले भारतविरुद्ध जितकै लागि खेल्ने बताए । जितको लक्ष्यसहित खेलाडीलाई मैदान प्रवेश गराउने उनको भनाइ छ । नेपाल र भारत दुबैको लागि यस खेल महत्वपूर्ण रहेको छ । दुबै टोली एकले अर्कोलाई हराएर फाइनलको यात्रा निश्चित गर्ने लक्ष्यमा हुनेछन् ।