Menu

एएफसी यू–१६ : सम्हालिन नसक्दा नेपाल कुवेतसँग बराबरीमा राकियो

अन्तिम मिनेटमा पेनाल्टीमार्फत गोल खाएपछि एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । 

छनोटको समूह ए मा रहेको नेपालले जोर्डनको प्रिन्स मोहम्मद रंगशालामा ७४ औं मिनेटमा अग्रता बनाएको थियो । नेपालका लागि दिपेश राईले गोल गरेका थिए ।  तर नियमितपछि थपिएको ५ मिनेट इन्ज्यूरी समयको अन्तिम मिनेटमा कुवेतले पेनाल्टी पायो । अब्दुलवाहव अलहिन्दीले गोल गरी नेपालसँग अंक खोस्न सफल भए । समूहको आफ्नो पहिलो खेलमा घरेलु टोली जोर्डनसँग ७–० को निराशाजनक पराजय ब्यहोरेको नेपालका लागि आत्मविश्वास फर्काउने उपयुक्त अवसर थियो । 

हालैमात्र विश्वकप तथा एसियाली छनोट अन्तर्गतको खेलमा सिनियर टोलीले कुवेतविरुद्ध ठूलो अन्तरको लज्जास्पद पराजय ब्यहोरे पनि युवा टोलीले पनि शानदार प्रदर्शन गरेका थिए । पाँच टोली सम्मिलित यस समूहमा नेपालको १  अंक भएको छ । २ खेलबाट कुवेतको ४ अंक छ । समान १ खेल खेलेको जोर्डन र ताजिकिस्तानको ३–३ अंक छ । २ खेलमा पराजय ब्यहोरेको श्रीलंका अंकविहीन छ । 

समूहको तेस्रो खेलमा नेपालले शुक्रबार ताजिकिस्तानको सामना गर्नेछ । छनोट चरणमा ११ समूहका शीर्ष हुने टिम एएफसी च्याम्पियनसिपका लागि छनोट हुनेछ । त्यस्तै, उत्कृष्ट ४ उपविजेताले पनि अन्तिम प्रतियोगिताका लागि अवसर पाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad