इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको अक्सनमा १५ जना नेपाली खेलाडीले नाम दर्ता गराएका छन्। आईपीएल टी–ट्वान्टी क्रिकेटको अक्सनमा सहभागी खेलाडीको सूची शनिबार सार्वजनिक भएको हो। जहाँ नेपालका १५ जना खेलाडी रहेका छन्।अक्सनको सूचीमा कुल १२ सय १४ खेलाडी सामेल छन्।

अहिलेसम्म कप्तान एवम् लेग स्पिनर सन्दीपले मात्र नेपालबाट आईपीएल खेलेका छन्। आगामी आईपीएल अक्सनमा भारतका ८ सय ९६ र विदेशी ३१८ जना खेलाडी रहेका छन्। भुटानबाट एक मात्र खेलाडीको नाम दर्ता हुँदा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका हुन्। आईपीएलको आगामी संस्करणको अक्सन बैंगलोरमा फेब्रुअरी १२ र १३ मा हुनेछ।