पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज देशभरका न्यायालयहरू बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो ।

मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो । शनिबार नै सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आज आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो ।