राक्सिराङमा चट्याङ लागेर २ जना घाइते

अनलाइन पत्र संवाददाता२०८२-०२-३१ No Comments

मकवानपुरको राक्सिराङमा चट्याङ लागेर २ जना घाइते भएका छन्।

शुक्रबार दिउँसो पानीसंगै  परेको चट्याङ लागेर राक्सिराङ गाउँपालिकामा २ जना व्यक्ति घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो राक्सिराङ ०१ रामचे मा स्थानीय ३०/३५ वर्षीय मिथुन मोक्तान र सोही स्थान बस्ने अन्दाजी २२ वर्षीया सुर्जामाँया स्यान्तान चट्याङ लागेर घाइते भएको

मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन् । चट्याङ लागेर घाइते दुवैको  हेटौंडा अस्पतालमा उपचार भइरहेको, घाईते मिथुन मोक्तानको घाँटी, नाकमा चोट अबस्था मध्यम रहेको र सुर्जामाँयाको बाहिर चोटपटक नदेखिएको प्रहरीले जनाएको छ ।उनीहरुलाई घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको थियो।

By  अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Ad
Ad