उच्चस्तरीय सीसीएमसीको बैठकले सबै शिक्षण संस्थाहरुले तय गरेका सबै तहका परीक्षाहरु तत्काल स्थगित गर्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालयले भने आजको परीक्षा कायमै हुने जानकारी दिएको छ। त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आजका लागि तय भएका परीक्षा यथावत राख्ने निर्णय भएको हो। ‘बिहान ७ बजेदेखि नै परीक्षा भएकाले हामी रोक्न सक्दैनौं,’ उनले भने।
बीएड, बीएस्सी र बीएको परीक्षा रहेको जानकारी पनि उनले दिए। त्रिविका पदाधिकारीहरुबीच बैठक बसेर नै आजको परीक्षा सुचारु राख्ने निर्णय भएको उनले जानकारी दिए। निषेधाज्ञा लागेमा के गर्ने र भोलिदेखिको परीक्षा के गर्ने भन्नेबारे आज बैठक बसेर निर्णय लिइने पनि परीक्षा नियन्त्रक जोशीले जानकारी दिए।