Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

अब एउटा डिभाइसबाट एक पटकमात्रै ड्राइभिङ लाइसेन्सको आवेदन दिन पाइने

Company Register

Advertisement

काठमाडौं – सवारी चालकको अनुमतिपत्र लाइसेन्स का लागि अब एउटा डिभाइसबाट एक पटक मात्र आवेदन दिन पाइने भएको छ । अनलाइन आवेदनमा विचौलियाको बिगबिगी बढे पछि यातायात व्यवस्था विभागले नयँ व्यवस्था ल्याएको हो ।

विचौलियाले ग्राहकबाट पैसा उठाएर एकै पटक धेरै फर्म अपलोड गर्नेहुँदा साधारण सेवाग्राहीले लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन दिन प्रयास गर्दा समस्या आएको भन्दै नयाँ  व्यवस्था ल्याएको विभागले जनाएको छ । 

विभागका अनुसार यो नीति लागू भएसँगै अब एक दिनमा एउटा कम्प्युटर, ल्यापटप अथवा मोबाइलबाट एक पटकमात्रै लाइसेन्सको आवेदन दिन सकिने छ । 

यसअघि विभागले गत शुक्रबारदेखि लाइसेन्सको अनलिमिटेड फर्म लिनेगरी व्यवस्था सुरु गरेको थियो  । 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...