Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

निवृत्त शिक्षक समाज मकवानपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न

Company Register
निवृत्त शिक्षकको प्रथम जिल्ला अधिवेशनपछि सामूहिक तस्वीर खिचाउँदै । तस्वीर: सुनिल गौतम

निबृत्त शिक्षक समाज मकवानपुरको प्रथम जिल्ला अधिवेशन आज रेडक्रस मकवानपुरको सभाहलमा सम्पन्न भएको छ । निबृत्त शिक्षक समाजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष ध्रुवराज शर्मा अर्याल को प्रमूख आतिथ्यता तथा केन्द्रिय प्रमूख सल्लाहकार रमाकान्त सापकोटा र उपाध्यक्ष रमा घिमिरेको विशेष आतिथ्यतामा सम्पन्न भेलाले पून शिवदयाल यादवकै अध्यक्षतामा १९ सदस्सीय नयाँ कमिटी समेत चयन गरेको छ ।

Advertisement

कमिटीको उपाध्यक्षमा ईन्द्र प्रसाद सञ्जेल र महिला उपाध्यक्षमा निर्मला रुपाखेती चयन भएका छन् भने सचिवमा अभिमन्यू गौतम त्यसैगरी कोषाध्यक्षमा अर्जुन प्रसाद पोखरेल र सहसचिव एवम् सहकोध्यक्षमा क्रमश ईश्वरी कोईराला र क्षेत्रमायाँ श्रेष्ठ सर्वसम्मत भएका हुन् । सदस्यहरुमा सिताराम दाहाल, रिपु गौतम, जनार्दन खनाल, बिष्णुप्रसाद दाहाल लगायतका ब्यक्तिहरु चयन भएका हुन् । भेलामा सचिव अभिमन्यू गौतमले संस्थाको वार्षिक प्रगती विवरण र वार्षिक कार्ययोजना पेश गर्नुभएको थियो भने कोषाध्यक्ष ओम चौलागाईँले करिव १ लाख बरावरको आय ब्यय पेश गर्नुभएको हो ।

भेलामा केन्द्रिय प्रतिनिधी खेमराज सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहाल, हेटौंडा वडा नं १ का वडाअध्यक्ष सविन न्यौपाने, सिन्धुली प्रतिनिधी चुडामणी देवकोटा, रौतहटबाट दुर्गा दाहाल, सर्लाहीबाट चिरञ्जिवी मिश्र, चितवनबाट हरीराज पौडेल, गरखाबाट देवेन्द्र विष्ट, बागमती प्रदेश संयोजक ऋषीराम बराल गण्डकी प्रदेश प्रतिनिधी गेहेन्द्र बिष्ट लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । भेलाले जेष्ठ निबृत्त शिक्षक धनलाल श्रेष्ठ, हरिप्रसाद सिग्देल, सानुमैया दली श्रेष्ठ, लाई सम्मान गरेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...