Comments Add Comment

शिक्षक संगठन मकवानपुर महिला विभागले शुरु गर्यो अनलाईन प्रशिक्षण

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर महिला विभागको आयोजनामा आज देखि १ हप्ते प्रशिक्षण शुरु भएको छ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष बाबुराम थापाको प्रमूख आतिथ्यता तथा संगठन राष्ट्रिय समिति महासचिव हंश साहीको विशेष आतिथ्यतामा आज उद्घाटन सत्र सम्पन्न भएको हो । उद्घाटन सत्र पछिको प्रशिक्षणात्मक कार्यक्रमलाई भने संगठन राष्ट्रिय समिति सचिवालय सदस्य कमला थापाले प्रशिक्षण दिनुभएको हो । संगठनमा महिलाको
भूमिका, नीति तथा कार्यक्रम विषयमा प्रशिक्षण भएको हो ।

संगठन राष्ट्रिय समिति सदस्य पद्मा पौडेलको आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समिति अध्यक्ष श्रीराम दाहाल, कार्यक्रम सञ्चालक एवम् जिल्ला उपाध्यक्ष लक्ष्मी गजुरेल, संगठन राष्ट्रिय परिषद् सदस्य रमेश लामिछाने, प्रदेश ३ सचिवालय सदस्य मोहन शर्मा, रसुवा अध्यक्ष मोचनाथ न्यौपाने, पर्वत अध्यक्ष चिरञ्जीवी अधिकारी, रसुवा उपाध्यक्ष आङमाया गुरुङ, रुपन्देही अध्यक्ष मोतिलाल सुवेदी, सिन्धुली अध्यक्ष पुरुषोत्तम पाहाडी, लमजुङ अध्यक्ष राजु थापा, मकवानपुर सहसचिव प्रतिमा गौतम, सहकोषाध्यक्ष चन्द्रादेबी लामा बल, जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतम, सचिवालय सदस्य कृष्ण पौडेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, सदस्य सविता लामिछाने, मकवानपुरगढी अध्यक्ष,शिवप्रसाद लामिछाने,नगर अध्यक्ष मुकुन्द न्यौपाने सचिव गोपीरमण प्याकुरेल भिमफेदी अध्यक्ष कृष्ण पोखरेल ,थाहानगर अध्यक्ष रमेशमान डङ्गोल धादिङ सदस्य सरस्वती पाण्डे, रसुवाका बिष्णुप्रसाद पौड्याल,लगायतकाको उपस्थिती रहेको थियो ।

संगठनको नियमित कार्यक्रम अन्तर्गत जेष्ठ ११ गतेदेखि जिल्ला महिला बिभाग ले प्रशिक्षण कार्यक्रम आयोजना गरिरहेकोमा भोलि जेष्ठ १२ गतेपनि प्रशिक्षणात्मक कार्यक्रम गर्ने संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

कोरोना र अनुत्तरित प्रश्नहरु

कोरोनाका कारण २५ शिक्षकको मृत्यू