पाथीभरा माताको दर्शन गर्दै ! हेर्नुहोस् ,२०७७ जेठ १२ गते को तपाइको राशिफल

अनलाइन पत्र संवाददाता२०७७-०२-१२ No Comments

आजको पञ्चाङ्ग

बि.सं. २०७७ जेठ १२ गते सोमवार ।  इ.सं. 25 May 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० बछलाथ्वप्रमादीउत्तरायण ग्रीष्म ऋृतु । ज्येष्ठ शुक्लपक्ष । तिथि तृतीया , २४:१२ बजे उप्रान्त चतुर्थी । नक्षत्र मृगशिरा , ०५:४९ बजे उप्रान्त आर्द्रा । योग धृति ०५:५६ बजेदेखि शूल , २८:४५ बजे उप्रान्त वृद्धि । करण तैतिल १२:२० बजेदेखि गर , २४:१२ बजे उप्रान्त वव । चन्द्रराशि मिथुन  । आनन्दादी योग आनन्द । दिनमान ३५ घडी ०५ पला । सूर्योदय ०५: १२ बजे । सूर्यास्त बेलुका १८: ५० बजे ।

महाराज छत्रशाल जन्मजयन्ती– कृष्णप्रणामी।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

आज कार्य सम्पादनमा सहजता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । न्यायिक कार्यमा सफलतापनि मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।    

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

शुभ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्ला ।     

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

 आज मनमा अधैर्य र कमजोर रहला । घर परिवारमा झै–झमेलाको अवस्था आउनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।     

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । नयाँ कमको योजना हुनेछ ।  

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ ।            

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।    

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । समस्या आइलागे पनि काममा सफलता हात पर्नेछ ।   

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । विपरित वर्गप्रति आकर्षण बढ्नेछ । समाजको हितमापनि मन जानेछ ।  

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । घरमा अतिथीको आगमन हुनेछ ।       

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । पठनपाठनका क्षेत्रमा सुधार आउनेछ ।            

मीन (दि, दु, , , , दे, दो, चा, चि)

मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

Ad
Ad