Comments Add Comment

बागमतीमा कांग्रेसका दुई मन्त्रीले लिए सपथ

बागमती प्रदेशमा नेपाली कांग्रेसका दुई मन्त्रीले सपथ लिएका छन् । लामो समय मन्त्रीपरिषद् विस्तार हुन नुसकेको बागमतीमा पनि आईतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा र तिर्थ लामालाई मन्त्री बनाउँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

दलका नेता लामालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने तिर्थ लामालाई खानेपानी सिंचाई तथा उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । आइतबार साँझ प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनीहरुलाई लाई शपथ गराएका हुन् ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै