हेटौंडा / हेटौंडा–५ मा रहेको जेनिथ इन्टरनेलशनल सेकेन्डरी बोर्डिङ स्कुलले सिटिईभिटीका तालिमहरु सञ्चालन गर्ने भएको छ ।
हेटौंडालाई शैक्षिक हबको रुपमा अगाडि बढाउन सिटिईभिटीका तालिम सञ्चालन गर्न लागिएको विद्यालयका प्रिन्सिपल श्री बहादुर कार्कीले जानकारी दिए । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमहरुको बारेमा जानकारी दिइएको थियो ।
प्रिन्सिपल कार्कीका अनुसार तह एकको कमर्सियल कुकिङ तथा बेकरीको ७ सय ९२ घण्टाको तालिम, ३ सय ९० घण्टाको केयर गिभर तह एक र मन्टेश्वरी (प्रारम्भिक बाल विकास सहजकर्ता ) को तालिम प्रदान गरिने छ । सशुल्क सहित हरेक विषयगत तालिममा ३०–३० जनाले सहभागिता जनाउन सकिने उनले बताए । हेटौंडा सिटी कलेजमा हाल वाणिज्य सङ्काय र विज्ञान सङ्काय अध्यापन हुँदै आएको तथा थप अङ्ग्रेजी माध्यममा कानुन विषय समेत पठनपाठन सुरु गरिएको कार्कीले जानकारी दिए ।