Comments Add Comment

जयकालीका विद्यार्थीलाई नेता बानियाँद्धारा न्यानो कपडा वितरण

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ मा रहेको जयकाली आधारभूत विद्यालयका एक सयजना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । विद्यालयको ३० औं वार्षिक साधारणसभाका बीच बिहिवार बकैया गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ का सभापति दामोदर खनालले बानियाँबाट सहयोगस्वरुप प्राप्त ट्रयाक सुट हस्तान्तरण गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर भोम्जनको अध्यक्षतामा भएको कार्यक्रममा ६ नम्बर वडाध्यक्ष फूलबहादुर भोम्जन, बकैया गाउँपालिकाका शिक्षा शाखा अधिकृत आइतराम तामाङ, समाजसेवीहरु सुशान्त भोलोन, राजकुमार वाइबा, विजय वाइबा, भीम लामा, पत्रकार विनोद चौलागाईं, विद्यार्थी नेता मिलन पुडासैनी, गंगाराम भोलोन, रमेश फुयाँल, विद्यालयका प्रधानाध्यापक गंगाराम चौधरीलगायतको आतिथ्यतामा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर