राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो गृहजिल्लाबाट सकृय सदस्यता बन्ने अभियानको शुभारम्भ गरेका छन् । हेटौंडा –१८ हर्नामाडिमा बिहिवार आयोजित कार्यक्रममा सकृय सदस्य बन्नको निमित्त जिल्ला अध्यक्ष रामहरी न्यौपानेलाई फारम बुझाएर थापाले अभियान शुरु गरे। राप्रपाको आगामी महाधिवेशन सकृय सदस्यताको आधारमा महाधिवेशन प्रतिनिधि हुने नीति अनुरुप पार्टीले सघन रुपमा देशब्यापी सकृय सदस्यता बितरण अभियान संचालन गरेको छ।

महाधिवेशनमा महिला,मधेसी ,सिमान्तक्रीत,दलित, पिछडिएका सबैको सहभागीता सुनिश्चित गरेको समेत सो अबसरमा जनाईएको छ। कार्यक्रममा बोल्दै थापाले राप्रपालाई मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियानमा साथ सहयोग र सक्रियताको निमित्त कार्यकर्तालाई आग्रह गरे। कार्यक्रममा अध्यक्ष थापासङ्गै सकृय सदस्यताको लागि नेताहरु मधु अधिकारी,राजाराम बर्तौला, प्रलिता थापा,नबराज बिष्ट,रामहरि न्यौपाने,शिव रिजाल,गुरु सापकोटा लगयतले सकृय सदस्यता फारम बुझाएका थिए।