Comments Add Comment

आफ्नै आमाबुवामाथि खुकुरी प्रहार

काठमाडौंको चन्द्रागिरि नगरपालिका – १ मा आफ्नै आमाबुबामाथि मादक पदार्थ सेवन गरेर खुकुरी प्रहार गरी घाइते बनाएका छन् । महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार खुकुरी प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिइएको छ भने घाइतेलाई अस्पताल पुर्याइएको छ। घाइते दम्पती खतरामुक्त रहेको प्रहरी जानकारी दिएका छन् ।

शनिबार साँझ घटना भएको र थप विवरण आउन बाँकी नै रहेको ड्युटीमा खटिएका एक प्रहरीले जानकारी दिए। चन्द्रागिरि नगरपालिका वडा नम्बर १ झ्याङ्गाझिटी्मा उक्त घटना भएको हो । ३२ वर्षीय छोरा श्री तामाङले आमाबुबामाथि खुकुरी प्रहार गरी घाइते बनाएका हुन्। बुबा श्याम कुमार तामाङ (५३ वर्ष) र आमा विष्णु तामाङ (४८ वर्ष) सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर