बागमती प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट हाल सम्ममा ८१ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु भएकाहरु अधिकांश अरु विभीन्न रोगले थलिएकाहरुमा कोरोना संक्रमण देखिएपछी मृत्यु भएको छ । यस प्रदेशमा मृत्यु भएकाहरु धेरैजसो काठमाण्डौं उपत्यका र चितवनमा उपचारको क्रममा मृत्यु भएका छन् ।

पछील्ला दिनमा कोरोना संक्रमबाट मृत्यु हुनेको दर वढेर गएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम राज सेढाईले वताउनुभयो । कोरोनाबाट मृत्युहुनेमा धेरैजसो बृद्ध बृद्धा रहेको उहाँले वताउनुभयो । अरु विभीन्न रोगले थलिने र स्वाशप्रस्वासमा समस्या आएपछी संक्रमितको मृत्यु हुने गरेको छ ।