नेपालमा कोरोना भाइरसबाट पहिलो पटक एक जना पत्रकारको मृत्यु भएको छ । कपिलवस्तुमा रहेर पत्रकारिता क्षेत्रमा दुई दशक बढी समयदेखि क्रियाशील उनको सोमबार दिउँसो निधन भएको हो । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना व्यवस्थापन सम्पर्क व्यक्ति कुमार थापाले जिल्लाका एक जना पत्रकारको मृत्युपछि कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

थापाका अनुसार ६० वर्षीय पत्रकारको सोमबार दिउसो कपिलवस्तु अस्पतालमा मृत्यु भएको हो । सोमबार साँझ उनको कोरोना परिक्षण को रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए । उनी मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित रहेका थिए ।