नेपालमा पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४७ हजार दुई सय ३६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १७३६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३० हजार ६ सय ७७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रपक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको प्रवक्ता गौतमले दैनिक प्रेस ब्रिफिङमा जानकारी दिएका छन् ।