मकवानपुरमा सोमबार थप १४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेहरु सबै जना हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भौला चौलागाईले जानकारी दिएका छन् । संक्रमित हुनेहरु मध्यमा ७ जना पुरुष र ७ जना महिलामा रहेको छ । यही भदौ २१ गते १३८ जनाको स्वाब संकलन गरिएकामा १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।