हेटौंडा–५, सानोपोखरामा सञ्चालित फुड बैंकबाट हालसम्म १६२ परिवारलाई खाद्यान्न वितरण गरिएको छ । खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबले सञ्चालनमा ल्याएको फुड बैंक हरेकदिन बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला रहने गरेको छ । फुड बैंकले प्रतिव्यक्ति ४ किलो चामल, दाल, तेल, नुन लगायतको खाद्यान्न वितरण गर्ने गरेको छ ।

यसैक्रममा आज सोमबार पनि नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीले क्लबलाई १५ हजार रुपैयाँ बराबरको २६ परिवारलाई खाद्यान्न वितरण गरेको क्लबका सल्लाहकार विशालराज महतले जानकारी दिए । खाद्यान्न वितरण कार्यक्रममा क्लबका कोषाध्यक्ष माधवलाल श्रेष्ठ, सचिव उत्तर दुलाल, क्लबका सक्रिय सदस्य विष्णु पुडासैनी ,क्लबका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । यस्तै भोली मंगलबार हेटौंडा–५ पिप्लेमा रहेको ब्याटमिन्टन टोलीले खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको महतले जानकारी दिएका छन् ।