राप्रपा मकवानपुरको प्रवक्तामा बिशभ अधिकारी चयन भएको छ । सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्ला कार्यसमिति सदस्य बिशभ अधिकारीलाई प्रवक्ताका रुपमा चयन गरेको हो । राप्रपा मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले अधिकारीलाई प्रवक्ता चयन गर्दै समसामयिक राजनीतिक बिषयमा छलफल गरेको हो ।

बैठकले १७ सदस्य सल्लाहकार समिति निर्माण गरेको छ । सल्लाहकार समितिमा शिवराम थापा, शिब रिजाल, रमेश श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, प्रकाश बहादुर सिंह, नन्दराम स्थापित, ईश्वर लाल श्रेष्ठ, शम्भु भण्डारी, शालिकराम लामिछाने, रमा राना, शिब प्रसाद ओझा, हरी कृष्ण डिसी, बिष्णु प्रसाद ढकाल, शेरबहादुर लामा, कमानस्रिह गोले, तिलक प्रसाद दुलाल, मान बहादुर नेगी, गिता सापकोटा चयन गरिएको राप्रपा मकवानपुर अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिए ।