मकवानपुरमा बुधबार थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११७ जनाको पिसिआर परिक्षण गर्दा ४९ जना र २२ जनामा एन्टीजेन परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि देखाएसँगै ५४ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरि पछिल्लो २४ घण्टामा ७२ जनाले कोरोना जितेका छन् ।

यो संगै जिल्लामा हालसम्म १२ हजार ९ सय ७ जनाले कोरोना जितेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा हेटौंडा–७ का ७० वर्षीय वृद्ध र भीमफेदी गाउँपालिकाका १ का ६१ वर्षीय पुरुष रहेका छन् । यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संखया १ सय ५२ पुगेको छ ।