2025-11-07 3:56 am

हेटौंडा उपमहानगरपालिलकाले निर्माणाधीन रंगशालालाई ३० लाख हस्तान्तरण

हेटौंडा उपमहानगरपालिकाले धुर्मुश सन्तुली फाउन्डेशनले भरतपुरमा निर्माण गर्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि ३० लाख रुपैयाँ सहयोग गरक मंगलबार एक समारोहका विच हस्तान्तरण गरेको छ । सोमबार मात्र घोषणा गरेको तीस लाख रुपैयाँको चेक मंगलबार नै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तीलालार्ई हस्तान्तरण गर्नुभएको छ ।

करिव ३ अर्ब रुपैयाँ लागतमा निर्माण गर्न लागिएको अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि तीनै तहका सरकार तर्फको यो लगानी हेटौंडा उपमहानगरपालिकाको पहिलो हो । तीनै तहका सरकारले रंगशाला निर्माण गर्नकालागि सहयोगको आश्वासन दिएपनि सहयोग रकम भने हस्तान्तरण गरेका छैनन् । तर, देशभरी रहेका ७ सय ५३ वटा स्थानीय तह, सात वटा प्रदेश सरकार र संघीय सरकार मध्य पहिलो पटक हेटौंडा उपमहानगरपालिकाले सरकारी तर्फको सहयोग हस्तान्तरण गरेको धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले वताउनुभयो ।

अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धेरै व्यक्ति संघ, संस्था, विदेशमा रहेका नेपालीहरुले सहयोग गरेपनि तीनै तहका सरकारले भने सहयोग हस्तान्तरण गरिसकेका थिएनन् । अहिले सम्म रंगशाला निर्माणको काम व्यक्ति संघ, संस्थाहरुले सहयोगले मात्र भएको छ । तर, रंगशाला निर्माणको काम तिव्रगतिमा अगाढी वढाउनका लागि सहयोग पुगोस भन्ने उदेस्यले सहयोग गरेको मेयर महतले वताउनुभयो । फेरी मेयर महतले जोड्नु भयो यो ठुलो काममा थोरै भनेपनि स्थानीय सरकारले सहयोग गरौ भनेर रकम लिएर आएका हुँ । फेरी पनि यो अभियानमा सहयोग निरन्तर गर्ने छौ ।’

About the Author

Ad
Ad