Comments Add Comment

लम्पी स्किन रोग बागमती प्रदेशका १८ हजार भन्दा बढी गाईवस्तुमा सक्रमण

बागमती प्रदेश भित्र पर्ने १३ जिल्लामा संक्रामक विषाणुजन्य रोग लम्पी स्किन डिजिजबाट पहिलो चरणको तथ्याङ्कबाट १८ हजार ३२४ गाईहरुका सक्रमण भएको पाइएको छ । देशभर फैलिएको लम्पी स्किन रोग गाई र भैसीहरुमा देखा परेसँगै मृत्युहुनेको संख्या पनि बढ्दो क्रममा रहेको जनाइएको छ ।

बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। शरण कुमार पाण्डेका अनुसार प्रदेशमा सबैभन्दा बढी मकवानपुरमा देखिएको बताउनुभयो । मकवानपुरमा चार हजार ८३५ वटा गाईहरुमा उक्त रोग देखा परेको छ भने १९७ वटा गाईको मृत्यु भएको डा। पाण्डेले बताउनुभयो । प्रदेशको सिन्धुली जिल्लामा नौ हजार ६३४ सक्रमण र ४७ को मृत्यु, रामेछापमा एक हजार ९६५, चितवनमा एक हजार ६० वटा गाईहरुमा उक्त रोगको सक्रमण भएको सचिव पाण्डेले बताउनुभयो । उहाँका अनुसार प्रदेशको रसुवा र दोलखाका रोग पुष्टि नभएकोले संक्रमित संख्या शुन्य रहेको छ भने धादिङको विवरण मन्त्रालयमा आइनसकेको बताउनुभयो ।

हाल सम्म गाईमा मात्र संक्रमण भएको र भैसीमा उक्त रोग संक्रमण नभएको सचिव पाण्डेले बताउनुभयो । काठमाडौंमा ८३, ललितपुरमा ४०, काभ्रेमा चार सय, नुवाकोटमा तीन सय, सिन्धुपाल्चोकमा ६ र भक्तपुरमा १ वटा गाईमा लम्पी स्किन रोग देखा परेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर