हेटौंडाबाट लागुऔषध गाँजा र स्कारपियोसहित २ जना पक्राउ

Company Register

मकवानपुर प्रहरीले ६५ किलो लागूऔषध गाँजा, स्कारपियो सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगपालिका वडा नंबर २० चनौली बस्ने ३८ वर्षीय रोशन परियार र मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नंबर ६ बस्ने ४३ वर्षीय ललित तामाङ रहेका छन् ।

Advertisement

बिहिबार हेटौंडा–१९ नेवारपानीमा मनहरीबाट हेटौंडा तर्फ आउदै गरेको बा ११ च ९५०९ नंबरको स्कारपियो गाडीलाई चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको ६५ किलो लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । उक्त लागूऔषध गाँजा, स्कारपियो सहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...