मकवानपुरको चुरियामाईमा रहेको १०४ वर्ष पुरानो सुरुङ पुन निर्माणको शिलान्यास

Company Register

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ चुरीयामाइमा रहेको एक सय ४ वर्ष पुरानो जिर्ण सुरुङको पुन निर्माणको शिलान्यास गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सुरुङको पुन निर्माण गर्न बिहिबार शिलान्यास गर्नुभयो छ । मकवानपुर र बाराको सिमानमा रहेको चुरीयामाइ सुरुङलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि प्रदेश सरकारको यातायात पुर्वाधार निर्देशनालय हेटौंडाले ठेक्का लगाइसकेको छ । नेपाललाई संसारभर चिनाउन मद्धत गर्ने हेटौंडास्थित पहिलो सुरुङको पुनर्निर्माण सुरु गर्ने शिलान्यास गरिएको छ ।

Advertisement

चुरीयामाइको सुरुङलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नेगरी हेटौंडा उपमहानगरपालिकाले पनि काम थालेको मेयर हरि बहादुर महतले वताउनुभयो । उपमहानगरपालिकाले सुरुङका डिजाइन गर्ने इन्जिनियर डिल्लीजंङ थापाको प्रतिमा यसअघिनै राखेको छ । यसको संरक्षण गर्दै विकासको कामा लागिएको मेयर महतले वताउनुभयो ।सन् १९१७ मा दक्षिण एसियाकै मानवनिर्मित पहिलो सुरुङ चुरियामाई सुरुङ बनेको थियो । श्री ३ चन्द्रशमशेरको पालामा नेपाली इञ्जिनियर डिल्लीजंग थापाले इञ्जिनियरिङ गरेको सुरुङलाई सम्पदाका रुपमा संरक्षणका लागि पुनर्निर्माण गर्न थालिएको हो । यसका लागि माउण्टेन इन्फ्रा कम्पनीको बोलपत्र स्वीकृत भएको छ ।

ya thau khali xa

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले तीन करोड ३६ लाख १३ हजार रुपैयाँ लागतमा निर्माण गर्नका लागि माउन्टेनइन्फ्रा कम्पनि लिमिटेड काठमाण्डौले संझौता गरेर काम थाल्न लागेको निर्देशक डाक्टर सहदेब बहादुर भण्डारीले वताउनुभयो । प्रदेशमा भौतिक पूर्वाधार अध्ययन केन्द्रका रुपमा विकास गर्न बहुवर्षीय योजना अगाडि बढाइएको छ । पहिरोले एकापट्टिको भाग पुरिएपछि मार्गको करिब २ सय ८० मिटरमात्र बाँकी रहेर अस्तित्व नै नरहने अबस्थामा पुगेपछि प्रदेश सरकार तातिएको हो ।

यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले निर्माण कम्पनिसंग बितेको बैशाख १९ गते संझौता गरिसकेको छ । सुरुङ पुन निर्माणको काम भने २०७९ साल बैशाख १९ गते सक्नेगरी संझौता गरिएको निर्देशनालयका सूचना अधिकारी इन्जिनियर हरि प्रसाद ओझाले वताउनुभयो ।साबिक नगरपालिकाले क्षेत्र विस्तार भएपछि हाल हेटौंडा उपमहानगरपालिका वडा–१५ पुनर्निर्माण हुँदै हेटौंडा चुरीयामाइको मानवनिर्मित पहिलो सुरुङमा रहेको एतिहासिक सुरुङ सम्बन्धमा प्रदेश सरकारले चासो लिएको छ ।दक्षिण एसियामा पहिलो मानवनिर्मित सुरुङबारे नेपाली र विश्व समुदायलाई जानकारी गराएर उनीहरुको ध्यान हेटौंडातर्फ आकर्षित गर्ने उद्धेश्य राखी प्रदेश सरकार अगाडि बढेको हो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...