
मकवानपुर, १ भदौ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ८ ताम्बुङमा आईतबार दिउँसो ४ः ५० बजेको समयमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय गोपाल थिङको श्रीमती वर्ष ४३ कप् कान्छिमाया थिङ रहेकी छिन् । चट्याङ लागेर कान्छिमायाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यसैगरी चट्याङ लागेर स्थानीय ३२ वर्षीया सुस्मीता मोक्तान घाईते भएकी छिन् । चट्याङ लागेर मोक्तानको कम्मरभन्दा मुनिको भाग नचल्ने भएको छ । उनलाई उपचारको लागि अस्पताल ल्याउँदै गरेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






