
१ भदौ, हेटौंडा । प्रदेश ३ को राजधानी हेटौंडामा हुन गइरहेको प्रदेश प्रदेशमा गाईजात्रा कार्यक्रमको तयारी पुरा भएको छ।
भाद्र २ गते हुने प्रदेश प्रदेशमा गाईजात्रा कार्यक्रमका लागि स्टेज बनाउन काम सकिएको र अन्य तयारी पुरा भएको कार्यक्रम संयोजक अन्जन दाहालले बताएका छन्।ब्राण्ड वर्थको आयोजनामा विभिन्न प्रदेशसंगै प्रदेश ३ को राजधानी हेटौंडामा गाईजात्रा विशेष कार्यक्रम हुन लागेको हो। हेटौंडा ४ मा रहेको ओम्याक्स सिनेमा हलमा हुने गाइजात्रा बिशेष कार्यक्रमको ३२५ वि टु लायन्स एरियाले स्थानिय संयोजकत्वको भुमिका रहेको छ।
गाईजात्रा कार्यक्रममा देशकै चर्चित हाँस्यकलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी (मुलाको साग), रवि डंगोल, शिवशंकर रिजाल(जोगेन्दर), यमन श्रेष्ठ, पूर्ण थापा, सुवोध गौतम, सन्ध्या बुढा (काउली बुढी), सुमन कार्की, रुविना अधिकारी लगायतले आफ्नो प्रस्तुती दिने कार्यक्रम संयोजक दाहालले बताए । कार्यक्रममा ३५० वटा टिकट विक्री गरिने र सोबाट भएको आम्दानी विभिन्न सामाजिक कार्यमा खर्च गरिने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




