कोरोना संक्रमणको बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले केही सेवामा लगाएको आलोपालोको व्यवस्था हटाउँदै आजबाट नियमित सेवा प्रवाह गर्न लागेको हो । कार्यालयले एक सूचना जारी गर्दै आजबाट नागरिकता र राहदानी सम्बन्धी सेवामा लगाएको आलोपालो व्यवस्था हटाइएको जनाएको छ । जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले साउन २८ गतेबाट नागरिकता र राहदानी सम्बन्धी सेवाहरु निश्तिच दिनमा मात्रै प्रदान गर्दै आएको थियो ।