Comments Add Comment

मकवानपुरको शैक्षिक गुणस्तरलाई बृद्धी गराउन शिक्षकहरुको प्रतिवद्धता

हेटौंडा – मकवानपुरको शैक्षिक गुणस्तरलाई बृद्धी गराउन मकवानपुरका विभिन्न शैक्षिक संघ-संस्थामा आवद्ध शिक्षकहरुले प्रतिवद्धता जनाएका छन् । आज हेटौँडा ११ अवस्थित हेटौडा एकेडेमी आवसिय मा.बि. को सहयोगमा तथा शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरको अयोजनामा भएको शैक्षिक अन्तरकृयामा यस्तो छलफल भएको हो । कार्यक्रममा सहभागि शिक्षकहरुको पेशागत संगठन प्याब्सन, एनप्याब्सन र जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले जिल्लाका शैक्षिक गुणस्तरीयतालाई ध्यान दिनु जरुरी रहेको बताउनु भएको थियो । जिल्लाको शिक्षाको अवस्था, समस्यालाई केलाएर समाधानको विकल्पहरु तय गर्न यस्ता छलफल र अन्तरकृयाले महत्वपुर्ण भुमिका निर्बाह गर्ने शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख लिलानाथ गौतमले बताउनु भयो ।

निजी र सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको समस्या फरक भएता पनि चाहाना एउटै भएकोले सहकार्य तथा समन्वय गरेर अघि बढ्न सक्ने जिल्ला आयोजना कार्यन्यन ईकाई शिक्षा का प्रमुख बद्रि पाठकले बताउनु भयो । उहाले भुकम्पपछिको शिक्षा क्षेत्रको अवस्थाबारेमा पनि चर्चा-परिचर्चा गर्नु भएको थियो । कार्यक्रममा हेटौडा ११ का वडा अध्यक्ष गोकर्ण प्रसाद पराजुलीले शैक्षिक नीति फेरबदल भएको अवस्थामा आगामी दिनमा कसरी समन्वय गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा चर्चा गर्नु भएको थियो । राज्यले गुणस्तरीय शिक्षाका लागी कुनैपनि कसुर बाकी नराखेको भन्दै शिक्षा निति अबलम्बन गर्न सबै बिधालयहरुमा अनुरोध गर्नु भयो ।

कार्यक्रम हेटौडा एकेडेमीका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षतामा भएको थियो । उहाले अहिलेको समयमा राज्यले ल्याएको शिक्षा नितिका बारेमा कुनै टिका-टिप्पणी गर्नु पर्ने नभएको बताउनु भयो । अहिले शिक्षा नितिलाई अबलम्बन गरेर अगाडी बढ्न सके गुणस्थरीय शिक्षा ल्याउन सकिने बताउनु भयो । संस्थागत बिद्यालय पढेका बिधार्थीहरु बजारमा बढी अब्बल देखएपनि सरकारी शिक्षा कुनै रुपमा कमजोर नभएको बताउदै अध्यक्ष सुमार्गीले मकवानपुरलाई शिक्षाको हब बनाउन धेरै आधारहरु तय भइसकेकोले अब शिक्षाको हबतर्फ जोडदिन सबैमा आग्रह गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर