यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

ओली पक्षले नेकपा मकवानपुरको कार्यालयमा तालाबन्दी


ओली समुह नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मकवानपुरले हेटौँडा– ५ मा रहेको पार्टी कार्यलयमा तालाबन्दी गरिएको छ । नेकपा संस्थापन पक्षको दावि गरेको ओली समुहले पार्टी कार्यालय पनि आफ्नै हुनुपर्ने भन्दै तालावन्दी गरिएको हो । आफ्नो पार्टी कार्यालयमा अरुले प्रयोग गरेर रजाई गर्न नदिनका लागि पनि तालावन्दी गरिएको नेकपा मकवानपुरका ओली पक्षका अध्यक्ष एकालाल श्रेष्ठले बताए । तालावन्दी कार्याक्रममा नेकपाका केन्द्रीय सदस्यहरु रामेश्वार राना, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ, महेशकुमार बर्तौला, नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, पार्टीका जिल्ला नेताहरु, जनसंगठनका नेताहरुको सहभागितामा आज तालाबन्दी गरिएको हो ।