
ओली समुह नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मकवानपुरले हेटौँडा– ५ मा रहेको पार्टी कार्यलयमा तालाबन्दी गरिएको छ । नेकपा संस्थापन पक्षको दावि गरेको ओली समुहले पार्टी कार्यालय पनि आफ्नै हुनुपर्ने भन्दै तालावन्दी गरिएको हो । आफ्नो पार्टी कार्यालयमा अरुले प्रयोग गरेर रजाई गर्न नदिनका लागि पनि तालावन्दी गरिएको नेकपा मकवानपुरका ओली पक्षका अध्यक्ष एकालाल श्रेष्ठले बताए । तालावन्दी कार्याक्रममा नेकपाका केन्द्रीय सदस्यहरु रामेश्वार राना, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ, महेशकुमार बर्तौला, नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, पार्टीका जिल्ला नेताहरु, जनसंगठनका नेताहरुको सहभागितामा आज तालाबन्दी गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




