यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

मकवानपुरगढीमा उज्वलका विद्यार्थीलाई ट्रयाकसुट वितरण


मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ देउरालीमा रहेको उज्वल आधारभूत प्राथमिक विद्यालयका बिद्यार्थीलाई आज न्यानो कपडा वितरण गरिएको छ । लायन्सक्लब अफ हेटौंडा भुटनदेविले यस विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको हो । बिद्यालयका ३२ जना बालबालिकालाई ट्रयाकसुट वितरण गरिएको विद्यालयका प्रधानध्यापक गिता तिमल्सीनाले जानकारी दिएका छन् ।

Advertisement
न्यानो कपडा वितरण कार्यक्रममा लायन्स क्लब हेटौंडा भूटनदेविका अध्यक्ष प्रमिला सिग्देल, कार्यक्रम संयोजक प्रभा पौडेल, लायन कबिता श्रेष्ठ, मनु लामा, दिपेन्द्र यादब, मनिश घिमीरे लगायतकाको सहभागिता रहेको थियो । जाडोयाममा न्यानो कपडा लाउन पाएपछी बालबालिकाहरु खुसी भएका छन् ।